
विराटनगर – अवैध रुपमा सुनसरी लैजाँदै गरेको करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको कुर्ता सलवार सशस्त्र प्रहरी बल मोरङको टोलीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तीर्थ थापाका अनुसार प्रहरीले बिहीबार बेलुका विशेष सूचनाका आधारमा विराटनगरको कञ्चनवारी चौकबाट प्र १–०४–००१ च ०११० नम्बरको बलेरो पिकअपसहित ८३४ थान कुर्ता सलवार बरामद गरिएको हो ।
१६ पोका बनाएर कुर्ता सलवार सुनसरीको इटहरी लैजाँदै गर्दा कञ्चनबारीबाट बरामद भएको थापाले जानकारी दिए ।
करिब १५ लाख रुपैयाँ बराबरको गाडीसहित ७ लाख ५० हजार ६ सय रुपैयाँको कुर्तागरि कुल २२ लाख ५० हजार ६ सय रुपैयाँको समान बरामद भएको उनले बताए ।
सशस्त्र प्रहरीले पिकअप भ्यान, कुर्ता सलवारसहित नियन्त्रणमा लिइएका चालक जयकुमार राईलाई आवश्यक कारबाही लागि शुक्रबार विराटनगर रानीस्थित भन्सार कार्यालयमा बुझाएको छ ।