
झापा – झुन्डिएर आत्महत्या गरेका भनिएका झापाको कमल गाउँपालिका वडा नं ६ का अनिल कार्कीका आफन्तले एक जना जनप्रतिनिधिले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै इलाका प्रहरी कार्यालय दमकअगाडि धर्ना दिएका छन् ।
कार्की मृत्यु प्रकरणमा कमल-६ का वडाध्यक्ष नरेन्द्र भट्टराईलाई पक्राउ गर्नुपर्ने माग राख्दै आफन्तले प्रहरी कार्यालय दमकको गेटमा धर्ना दिएका हुन् । कार्कीलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गर्नुपर्ने भन्दै उनीहरूले धर्ना दिएका हुन् ।
केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए ।
त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । त्यही घटनाका कारण उनले आत्महत्या गरेको कार्कीका आफन्तले आरोप लगाएका छन् । कार्कीसंग घटनाबारे बुझ्न खोज्दा उनको मोबाइल फोन स्विच अफ रहेका कारण कुरा हुन सकेन ।
आइतबार साँझ घरमै झुन्डिएको अवस्थामा कार्की फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।