
काठमाडौँ – जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले अस्पताल तयारीमा राखेको छ ।
घाइतेहरूको उपचारका लागि भेरी अस्पताल नेपालगन्जलाई डेडिकेटेड अस्पताल बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
उपचारका लागि आउने घाइतेहरुका आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको उनले जानकारी दिए ।
कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको र अन्य निजी अस्पतालहरुलाई पनि उपचारका लागि तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालय बाँकेले निर्देशन दिएको छ ।
भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए ।