आफ्नै घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या

+
-

झापा- झापाको कचनकवल गाउँपालिका- ७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैंले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्।

स्थानीय एसबीआई ईंटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ८:३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए।

गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्केका स्थानीयबासीले बताएका छन्।

उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए। उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्।

छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठिक थिएन।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?