पूर्वराजा शाहद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिँदै, मंसिर ९ गते १ बजे कार्यक्रम

पूर्वराजा शाहद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिँदै, मंसिर ९ गते १ बजे कार्यक्रम
+
-

झापा – बिर्तामोड–१ स्थित देबी पञ्चकन्यामा सञ्चालित इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (इकम) ले राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण पूरा गरी पूर्वराजा ज्ञानेन्द्र शाहबाट अनावरण गराउने भएको छ ।

कलेजले निर्माण गरेको शालिकको आगामी मंसीर ९ गते शनिवार पूर्वराजा शाहले अनावरण गर्ने तयारी गरिएको बुधबार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

सोही अवसरमा ८ बर्ष अघिदेखि सञ्चालित कलेजकोसमेत उद्घाटन गरिने कलेजका सञ्चालक आलोक कार्कीले पत्रकार सम्मेलनमा बताए । शाहको योगदानको बृहत्तर सम्मान गर्दै इकम कलेज परिसरमा राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण गरेको सञ्चालक कार्कीले बताए ।

राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक नेपाल निमाण गर्ने राष्ट्र निर्माताको ऐतिहासिक योगदानको सर्वत्र कदर गर्दै समयको माग अनुसार निर्माण गरिएको सञ्चालक कार्कीले जानकारी दिए ।

सञ्चालक कार्कीले राजसंस्थासँग जोडेर नभइ राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहको प्रतिकका रूपमा सम्मान गर्दै शालिक निर्माण गरी अनावरण गरिने तयारी गरेको बताए  ।

भावी कार्यक्रममा राष्ट्रिय झण्डा मात्रै राखिने सन्ततिका लागि नेपाल एकीकरण गर्ने राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाह भएकोसमेत उनले बताए ।

इकम कलेजले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडिज अध्यापन गराउँदै आएको सञ्चालक कार्कीले जानकारी दिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?