थारु भाषामा आयो पहिलो तीज गीत

+
-

काठमाडौं- प्राय: नेपाली भाषामा गाउँदै र नाँच्‍दै गरिरहेको तीज गीत यस पटक भने थारु भाषा पनि हेर्न पाइने भएको छ।

हिन्‍दू नारीहरुले मनाउने हरितालिका तीज नजिकिदै गर्दा चम्पन सांस्कृतिक समूहले थारु भाषामा पहिलो तीज गीतको म्‍यूजिक भिडियो सार्वजनिक गरेका छन्।

समूहको महासचिव दिपक चौधरीको नेतृत्वमा उक्त गीतको म्‍यूजिक भिडियो तयार गरिएको हो। दीपकलाई थारु भाषाको गीत निर्देशन गर्न गोबिन्द श्रेष्ठले साथ दिएका छन्।

थारु भाषाको तीज गीतमा नरेश जोगीले शब्द र संगीत फैले गरेका छन् भने अनु चौधरीले उनलाई आवाजमा साथ दिएकी छिन्।

यस्तै म्‍यूजिक भिडियोमा नरेश जोगी, जेएमसी चौधरी र अनु पराजुलीले अभिनय गरेका छन् भने छायांकन रामकृष्ण चापागाइको रहेको छ।

डिभाइन फिल्‍मस्‌ प्रालिको प्रस्तुति रहेको उक्त म्‍युजिक भिडियोलाई करण चापागाइले सम्पादन गरेका हुन्।

थारु भाषामा म्‍युजिक भिडियो बनाएर चम्पन सांस्कृतिक समूहले सहिष्णुता र सद्भावको सस्कृतिसँग जोड्‍नुका साथै तीज प्रतिको मोह दर्शाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?