आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै पहिचानवादीले गरे मेची राजमार्गमा चक्काजाम

आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै पहिचानवादीले गरे मेची राजमार्गमा चक्काजाम
+
-

झापा- दुई दिनअघि नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइका लागि दबाब दिन पहिचानवादीहरूले मेची राजमार्गमा चक्काजाम गरेका छन्।

पहिचानवादीहरूले झापाको चारआलीमा इलामतर्फ जाने सवारीसाधनमा अवरोध गरेका हुन्।

केही पहिचानवादीले इलामतर्फ जान लागेका सवारी-साधनलाई अवरोध गर्न खोजेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए।

आफूहरूले लोकल गाडीहरूलाई चल्न दिएको तर इलाम, ताप्लेजुङतर्फ जाने सवारी-साधनका चालकलाई नजान सम्झाइबुझाई गरेको प्रदेश नम्बर १ पुनः नामांकन संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए।

बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ-फिदिम र फिदिम-इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन्। पहिचान पक्षधरहरूले ठाउँ-ठाउँमा उभिएर छिटफुट चलेका साधन पनि रोकिरहेका छन्।

आइतवार ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए।

सात-आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेका थिए। त्यस क्रममा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवा पक्राउ परेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?