झापाको गौरादहमा सिटी सफारी र पिकअप भ्यान ठोक्किए, एक जनाको मृत्यु

झापाको गौरादहमा सिटी सफारी र पिकअप भ्यान ठोक्किए, एक जनाको मृत्यु
+
-

झापा – झापाको गौरादहस्थित कार्कीचोकमा मंगलबार बिहान सिटी सफारी र मिनी ट्रक एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गौरादह डिपु चोकबाट गौरादह– बरगाछीतर्फ जाँदै गरेको सिटी सफारीलाई पिकअप गाडीले पछाडिबाट ठक्कर दिँदा दुवै सवारी साधन पल्टिएका थिए।

दुर्घटनामा सिटी सफारी चालक गौरादह–२ का अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सिटी सफारीमा सवार गौरादह–३ बस्ने ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन्।

त्यस्तै, पिकअप भ्यान चालक गौरीगञ्ज बस्ने राजेश दास पनि घाइते भएका छन्। घाइतेहरुको दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?