झापाको बिर्तामोड नगरपालिकाद्वारा तीन उत्कृ्ष्ट शिक्षक नगदसहित सम्मानित

झापाको बिर्तामोड नगरपालिकाद्वारा तीन उत्कृ्ष्ट शिक्षक नगदसहित सम्मानित
+
-

झापा – बिर्तामोड नगरपालिकाले नगरका तीन जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ। शिक्षा दिवसमा प्रदान गरिँदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो।

उत्कष्ट शिक्षक पुरस्कार प्राप्त गर्नेहरुमा मावितर्फको दुर्गा मावि गरामनीका लक्ष्मण शिवाकोटी, आधारभूततर्फ मोहनमाया माविका भेषराज चौलागाई र प्राथमिकतर्फ जनता प्राविका डिल्लीरमण भट्टराई रहेका छन्।

उत्कृष्ट शिक्षकहरुलाई नगद ५०/५० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।

नगरले दोस्रो पटक यस प्रकारको पुरस्कार वितरण गरेको छ। नगरपालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गरेको थियो। आवेदनका आधारमा नगरले उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गरेको शिक्षा शाखाका अधिकृत केशर खवासले जानकारी दिए ।

अघिल्लो वर्ष शेरबहादुर श्रेष्ठ, जनक थापा र श्याम दाहालले उक्त पुरस्कार प्राप्त गरेका थिए।

त्यसैगरी नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दुई जना विद्यार्थीहरुलाई १५/१५ हजार नगदसहित पुरस्कृत गरिएको छ। महेन्द्ररत्न माविकी छात्रा विद्या दाहाल र मोहनमाया माविकी छात्रा एलिना तम्सिनालाई पुरस्कृत गरिएको हो।

२०७९ मा शिक्षण पेशाबाट सेवा निवृत्त भएका ११ जना शिक्षकहरुलाई सम्मानपत्रसँगै दोसल्ला ओढाएर मायाको चिनोसहित बिदाइ गरिएको छ।

बिदाइ हुने शिक्षकहरुमा तोयानाथ काफ्ले सरस्वती मावि, कृष्ण प्रसाद पाठक दुर्गा मावि, देवी प्रसाद पराजुली दुर्गा मावि, विरेन्द्र प्र. बुढाथोकी सहिद लक्ष्मी प्रावि, नरेन्द्र प्रसाद गुरुङ्ग चमरधाप प्रावि, कृष्ण प्रसाद रिजाल वीर अमरसिंह मावि, रघुनाथ पौडेल महेन्द्र रत्न मावि, रवीन कुमार शर्मा महेन्द्र रत्न मावि, दिल कुमार मुखिया महेन्द्र रत्न मावि, कृष्ण सुवेदी निराकार शुक्रराज आ.वि, र प्रेम बहादुर लिम्बु महेन्द्रज्योती मावि रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?