झापाको मनमोहन अस्पतालद्वारा इन्धनबिना सञ्चालन हुने इन्सिनरेटर जडान, फोहोर व्यवस्थापन सहज

झापाको मनमोहन अस्पतालद्वारा इन्धनबिना सञ्चालन हुने इन्सिनरेटर जडान, फोहोर व्यवस्थापन सहज
+
-

झापा – झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि इन्धनबिना सञ्चालन हुने इन्सिनरेटर जडान गरेको छ ।

अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको इन्धनबिना चल्ने इन्सिनरेटर भित्र्याएको हो । सोही इन्सिनरेटरबाट मनमोहन अस्पतालले फोहोर व्यवस्थापन गर्न थालेको छ ।

बिर्तामोड– २ मा अस्पतालले आफ्नो जमिनमा संरचना नै निर्माण सम्पन्न गरेर फोहोर डढाउन शुरु गरेको हो । इन्धन र विद्युतबिना नै सञ्चालन हुने इन्सिनरेटरबाट एक घण्टामा एक क्विन्टल फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ ।

पूर्वाधार सहित २० लाख रुपैयाँ लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि भित्राइएको अस्पतालका कार्यकारी प्रमुख रोमनी भट्टराईले जानकारी दिए ।

फलाम र सिसा बाहेक अस्पतालबाट उत्पादित फोहोर नष्ट गरिने भट्टराईले बताए ।

शनिबार बिहान आयोजित कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीको उपस्थितिमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरिन् ।

नगरप्रमुख प्रसाईंले जडान गरिएको इन्सिनरेटरको प्रभावकारिता अध्ययन गरेर पालिकाहरूले पनि जडान गर्ने निर्णय गर्ने बताइन् ।

इन्सिनरेटरले अक्सिजनको सहायताबाट फोहोर जलाउने र सेतो धुवा बाहिर फाल्ने जडान गर्ने कम्पनीका प्रतिनिधि रोहित विश्वासले जानकारी दिए ।

उनका अनुसार भारत सरकारले प्रदुषणरहित प्रविधि भनेर प्रमाणित नै गरिसकेको छ ।

जलेको फोहोरबाट उक्त प्रविधिले धुवा प्रशोधन गरेर प्रदुषण नहुने धुवा मात्रै बाहिर निकाल्ने र अन्य प्रदुषणजन्य धुवालाई पानीमा परिणत गरेर पाइप मार्फत बाहिर निकाल्ने उनको भनाइ छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?