दिनभरिका १० मुख्य समाचार

+
-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवं हानिकारक असर भोगिरहेको बताएका छन्। युएईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनबाट आफूहरु नराम्ररी प्रभावित भएको बताएका हुन्। प्रधानमन्त्री दाहालले नेपालमाथि भएको अन्याय अब रोकिनुपर्ने बताए।

000

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन्। शनिबार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे।

000

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आँफु कम बोल्ने काम बढी गर्ने बताएका छन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफू भाषण गर्न नजान्ने  भन्दै काम गरेर देखाउने बताए।

000

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन्। अबको नयाँ पुस्ताले नेताहरुलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने महासचिव भुसालको भनाइ छ। उनले मुलुकको राजनीति नेताहरुले बिगारेको भए पनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने बताए।

000

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त रुकुमपश्चिम र जाजरकोट जिल्लाका संरचनाको पुनःनिर्माणलाई जनताको सेवा ठानेर इमानदारीका साथ काम गर्न स्वयंसेवकहरूलाई आग्रह गरेकी छन्। सल्यानको दार्मा गाउँपालिकामा पुनःनिर्माणका लागि परिचालन भएका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकार, राजनीतिक पार्टी र जनता सबैले पुनःनिर्माणलाई सेवाभावका साथ आआफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताइन्।

000

चालु आर्थिक वर्ष २०८० र ८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी सार्वजनिक ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्त सम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब ६ करोड नाघेको हो।

000

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन्। भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताए।

000

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन्। उनले आफ्नो पार्टीले कार्यकर्तालाई जानु/नजानु केही नभनेको उल्लेख गर्दै कार्यकर्ताहरुले आफ्नो इच्छाअनुरूप आन्दोलनमा सहभागी भएको बताए।

000

जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका सकारले ४६ करोड रुपैयाँ निकासा गरेको छ। भूकम्प पीडितका अस्थायी आवास निर्माणको लागि बिहीबार २२ करोड र शुक्रबार २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए।

000

निर्धारित तथा इन्जुरी समयको अन्तिमसम्म एक गोलको अग्रता बनाएको पोखरा अन्ततः अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा अङ्क बाँड्न बाध्य भएको छ। दशरथ रङ्गशालामा रोमाञ्चक बनेको नेपाल सुपर लिगअन्तर्गत झापा एफसी र पोखरा थन्डर्सबीचको खेल १–१ गोलको रोमाञ्चक बराबरीमा सकिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?