माथिल्लाे मुगु र रारातालमा भारी हिमपात : जनजीवन कष्टकर

माथिल्लाे मुगु र रारातालमा भारी हिमपात : जनजीवन कष्टकर
+
-

गमगढी-  मुगुमा एक सातायता अत्याधिक चिसाे बढ्नुका साथै माैसममा बदली आई गए रातिदेखि वर्षा र हिमपात हुन थालेपछि  मुगुलयायत हिमाली जिल्लाको जनजीवन कष्टकर बनेकाे छ।

गए रातिदेखि आकाशमा बाक्लाे बादल लाग्नुका साथै उच्च हिमाली भेगका नेपालकै ठूलो र प्रसिद्ध राराताल, चुचेमारा, मिली, मुर्माटप लगायतका ठाउँहरूमा भारी हिमपात भएकाे छ ।

गमगढी लगायत  मुगु जिल्लाका सबै बस्तीहरूमा एकाबिहानैदेखि वर्षा र  हुन थालेपछि चिसाे अत्याधिक बढेर जनजीवन कष्टकर बन्दै गएकाे हाे ।

चिसाेका कारण रूघा, खाेकीका बिरामीहरू जिल्ला अस्पतालमा ठिनीमा उपचारका लागि आउने संख्यामा बृद्धि भएकाे जिल्ला अस्पताल मुगुले जनाएकाे छ ।

चिसाेले विशेष गरी दम राेगी र बुढाबुढी बढी प्रभाबित भएका छन् ।

चिसाे निकै बढेपछि उत्तरी करान भेगका लेकाली बस्तीमा बसाेबास गर्ने लामा समुदायका मानिसहरू चितै कुना, सिरानी चाैर, पुलुतिर झरेका छन् ।

मुगु हिमाली जिल्ला भएकाले हिउँद ऋतुमा अत्यधिक जाडाे हुँदा बाल बच्चाहरूमा निमाेनिया र श्वास प्रस्वास, रूघा, खाेकीकाे समस्या  गाउँ बस्तीमा बढेर गएकाे छ।

अर्काेतिर बेलैमा वर्षा र हिमपात शुरू भएकाले हिउँदे बाली जाै, गहुँ, नाफल, उवा, लगायतका बाली सप्रने कृषकहरूले बिश्वास गरेका छन् ।

मुगुका उच्च हिमाली भेगहरू रारा, चुचेमारा, मुर्माटप, चेखेली, मालिका, घुच्ची, दाेल्फु, मुगु, लखु, कालामुल लगायतका उच्च हिमाली भेगमा हिमपात भएकाे हाे ।

छायाँनाथ, मुर्माटप ,लचुचेमारा , तलिलेक, घट्टललेक  लगायतका उच्च लेकाली बस्तीहरूमा हाल भीषण हिमपात भैराखेकाे छ ।

वर्षा र हिमपातले  जनजीवन कष्टकर बनेपनि किसानहरू भने बाली सप्रने भएकाले खुशी भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?