काठमाडौँ- ह्वावेको २०२३ सस्टेनेबिलिटी फोरम र यसको क्षेत्रीय सत्रहरू सम्पन्न भएको छ ।
’प्रविधिको प्रयोगसँगैः दिगो विकासको अनुभूति’ भन्ने कार्यक्रममा चीन, इटाली, घाना, पाकिस्तान र ब्राजिलमा पाँचवटा क्षेत्रीय सत्रहरू सामेल थिए, जहाँ ह्वावे र यसका साझेदारहरूले प्रस्तुत गरिरहेको उत्कृष्ट दिगोपनका अभ्यासहरू प्रदर्शन गरिएको छ ।
ब्राजिलमा, ह्वावेले स्थानीय अपरेटर भेलोसो नेटसँग काम गरिरहेको छ र अमजोनस राज्यमा जडान नभएको जनसंख्याको ३० प्रतिशत भन्दा बढीलाई स्थिर जडान उपलब्ध गराएको छ । ह्वावेले स्थानीय समुदायको विकासलाई बढवा दिँदै जैविक विविधताको संरक्षण गर्ने ’टेक फर नेचर’ परियोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय प्रकृति संरक्षणसङ्घ (आइयुसीएन) सँग सहकार्य गर्ने योजना पनि घोषणा गरेको छ ।
चीनको डोङगुआनमा भएको मुख्य फोरममा संयुक्त राष्ट्र सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कका अध्यक्ष जेफ्री साक्स, दिगो विकासका लागि संयुक्त राष्ट्र संघको ब्रोडब्यान्ड आयोगका आयुक्त र कोलम्बिया विश्वविद्यालयका प्राध्यापकले विश्वव्यापी चुनौतीहरू कसरी बन्दै गइरहेका छन् भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

भर्खरै
लोकप्रिय






































































































































































































