काठमाडौँ– रिलायन्स फाइनान्स लिमिटेडले वृद्धाहरुलाई वासिङ मेसिन प्रदान गरेकाे छ। राजधानीमा मंगलबार आयोजित रिलायन्स फाइनान्सकाे १५ औँ वार्षिकाेत्सवमा संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले वृद्धाहरुलाई वासिङ मेसिन हस्तान्तरण गरेका हुन्।
यस्तै वार्षिक उत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम र शाखा कार्यालय सितापाईलामा निः शुल्क आँखा, कान तथा घाँटीको जाँच शिविर भव्यताका साथ सञ्चालन गरी शिविरमा आएका बिरामीहरूको लागि संस्थाले निःशुल्क औषधी तथा चस्मा पनि वितरण गरेको थियो ।
राष्ट्र बैकबाट ‘ग‘ बर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरी २०६६ मङ्सिर १८ बाट आफ्नो कारोबार सुरु गर्दै आएको फाइनान्सले आफ्नो सेवा प्रदान गर्दै आएको छ । काठमाडौँको कमलादीमा केन्द्रीय कार्यालय भई संस्थाले आफ्नो २२ वटा शाखा मार्फत निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई मोबाइल बैङ्किङ मार्फत विभिन्न भुक्तानी सेवा, क्युआर टेलर सेवा, एससिटि नेटवर्क एटिएम, विभिन्न रेमिटेन्स सेवाहरुबाट अत्याधुनिक प्रविधिका सेवा प्रदान गर्दै आएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































