अर्जुनधारा धाममा बृहत् योग शिविर सञ्चालन, २४ गते आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण आउने

अर्जुनधारा धाममा बृहत् योग शिविर सञ्चालन, २४ गते आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण आउने
+
-

झापा – पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ४१ औं वार्षिक अनुष्ठान श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ भइरहेको छ।

वार्षिक अनुष्ठानको मुख्य कार्यक्रमका रूपमा मंसिर १९ गतेदेखि ५ दिवसीय बृहत योग शिविरसमेत सञ्चालन भइरहेको छ। पतञ्जी योगपीठ झापाको आयोजना तथा अर्जुनधारा जलेश्वरधाम समितिको संयोजनमा बृहत योग शिविर आयोजना गरिएको हो। स्वस्थ जीवन, सुखी जीवन, तनावमुक्त पारिवारिक जीवनका लागि योग गरौं भन्ने मूल नाराका साथ योग शिविर सञ्चालन भइरहेको हो।

संचालित बृहत योग शिविरमा कार्यक्रमका प्रमुख एवं केन्द्रीय प्रभारी (योग प्रशिक्षण) नेपालका लवदेव मिश्रबाट बिहान ५ बजे देखि ७ बजेसम्म प्रशिक्षण भइरहेको धामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए।

योग शिविरमा पतञ्जली योगपीठ कोशी प्रदेशका महामन्त्री लक्ष्मीप्रसाद काफ्ले, झापा अध्यक्ष देवीप्रसाद घिमिरे तथा सयौं प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।

आयोजकका अनुसार २४ गते योग शिविर समापन कार्यक्रममा भारत हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको प्रमुख आतिथ्यता रहनेछ।

बिहीबार बिहानको शिविरमा योगाभ्यासका ज्ञाता प्रेमप्रकाश फलाहारी, प्रमुख कथावाचक पण्डित बालकृष्ण अर्याल, अर्जुनधारा नगरपालिकाका प्रमुख बलेदेवसिंह गोम्देन पनि सहभागी थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?