बिर्तामोडको नगरपालिकाको बाख्रा साटासाट कार्यक्रम किसानमाझ लोकप्रिय बन्दै

बिर्तामोडको नगरपालिकाको बाख्रा साटासाट कार्यक्रम किसानमाझ लोकप्रिय बन्दै
+
-

झापा – झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित साना किसान बाख्रा पालन कृषक समूहका सदस्यहरुले बाख्रा पालेर मनग्ये आम्दानी गर्न थालेका छन् ।

उनीहरूले बिर्तामोड नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत शुरु गरेको कार्यक्रमबाट राम्रो आम्दानी भइरहेको बताएका हुन् ।

नगरपालिकाको मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत २०७४ सालमा समूहमा रहेका १५ जना सदस्यले ४४ वटा बाख्रा र एउटा बोका अनुदान प्राप्त गरेका थिए ।

पालिकाले उनीहरूलाई गोठ सुधारका लागि ३५ हजार रुपैयाँका दरले नगद अनुदानसमेत दिएको समूहकी सचिव कल्पना सिटौला कडरियाले बताइन् । तीन तीन वटा बाख्राबाट शुरु गरेको समूहका सदस्यहरुले अहिले दर्जनौँ बाख्रा पालन गरिरहेको उनले बताइन् ।

समूहले पालिकाबाट प्राप्त गरेको तीन तीन वटा बाख्राको पाठा अन्य समूहलाई हस्तान्तरण गरिसकेका छन् । समूहका सदस्यहरुले मासिक १ हजार रुपैँया बचत गर्ने गरेको र हाल २२ लाख बढी रकम बचत भएको सचिव कडरियाले बताइन् ।

सचिव कडरियाका अनुसार हितकोषमा २० रुपैयाँका दरले छुट्याउने गरेको र सो रकमसमेत हाल ३० हजार रुपैयाँको हाराहारीमा जम्मा भएको छ ।

समूहका सदस्यहरुले बाख्राका लागि आवश्यक प्राविधिक सहयोग पशु सेवा कार्यालयबाट उपलब्ध हुने गरेको कडरियाको भनाइ छ । कृषकहरुले ५० प्रतिशत अनुदानमा प्रत्येक बाख्राको बीमासमेत गर्ने गरेका छन् ।

बिर्तामोडको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख साबित्रा दाहालले यो कार्यक्रमअन्तर्गत बाख्रा पालन गर्ने किसानहरुले लाभ लिइरहेको बताइन् ।

मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा, कुखुरा र बंगुर पालन शुरु गरिएको भएपनि कुखुरा पालनलाई पछिल्लो समय निरन्तरता नदिइएको उनको भनाइ छ ।

बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिभरका कारण व्यवसाय नै कमजोर हुँदै गएको दाहालले जानकारी दिइन् ।

नगरपालिकाले संदेश बंगुर पालन समूहलाई बंगुरको पाठा दिएर व्यवसाय शुरु गराएको थियो । किसानहरुलाई पाठापाठी, घाँसको बिउ साथै समय समयमा खोप समेत उपलब्ध गराउँदै आएको शाखा प्रमुख दाहालले जानकारी दिइन् ।

नगरपालिकाले अनुदान दिएका क्षेत्रमध्ये बाख्रा पालन गर्ने किसानहरु अत्यन्तै सन्तुष्ट रहेको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् । बाख्रा पालनबाट आम्दानी हुन थालेपछि किसानले साना मसिना समस्या टार्न साहु खोज्नु नपर्ने भएको उनको भनाइ छ ।

विशेषगरी घरका महिलाहरूले समूह चलाउने र आम्दानी लिने भएपछि घर खर्चका लागि श्रीमानको मुख ताक्नु नपर्ने किसानहरूले बताएका छन् ।

किसानहरूले उत्पादन गरेको मासुको बजारीकरणमा भने केही समस्या भएको र त्यसका लागि पनि पालिकाले सहजीकरण गर्ने गरेको नगर प्रमुख प्रसाईंले जानकारी दिइन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?