काठमाडाैँ- नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
बरामद सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताएका छन्।
पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन झिउइ छन्। बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्सबाट सुन बरामद गरेको हो।
रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना मंसिर २१ गते नै पक्राउ परेका थिए। पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल छिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेल छन्।

भर्खरै
लोकप्रिय






































































































































































































