प्रदेश -४का गुरुङ समुदायले मनाए ‘ट्होंटे पर्व’

प्रदेश -४का गुरुङ समुदायले मनाए ‘ट्होंटे पर्व’
+
-

पोखरा- गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटे मंगलबार पोखरामा पनि धुमधामका साथ मनाईएको छ । वर्षको दुई पटक मनाईने यो पर्व उभौली र उद्यौली ट्होंटेका रुपमा चैत र साउनका मनाउने गरिन्छ।

यस पटक माओवादी विप्लबले आब्हान गरेको बन्दलाई छिचोल्दै पोखरा र आसपासका गुरुगं समुदायले ट्होंटे पर्व भब्यताकासाथ मनाएका छन् । भूत, प्रेत, भगाउने, रोगब्याधी हटाउने विश्वासका साथ यो पर्व मनाउने प्रचलन रहेको छ।

‘राष्ट्रिय संस्कृति बचाऔं, ट्होंटे पर्व मनाऔं’ भन्ने नाराका साथ तमु धिं नेपालले आब्हान गरेको र्‍यालीमा विभिन्न टोल टोलबाट समुदायको संस्कृति झल्किने झाँकि सहितको गुरुगं समुदाय र्यालीमा निस्किीएका थिए।

बाजा गाजा सहित जातीय पोसाक तथा विभिन्न मुखाकृतिमा सजिएका जनावर, र भुतको मुकुन्डो सजिएर सडकमा उत्रीएर ट्होटे पर्व मनाए। गुरुङ समुदायका साना साना बालबालिका, युवा युवती देखि बुढापाकासम्म जातिय पोशाकसहित र्यालीमा सहभागी भएका थिए।

तमु धिं नेपालको अगुवाइमा २०५२ सालदेखि साउन र चैत्रको अन्तिम मंगलबार सामूहिकरुपमा मनाउन थालिएको हो। र्याली बजार परिक्रमा गर्दै नयाँ बजारस्थित तमु धिं नेपालको कार्यालयमा पुगेर समापन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?