
काठमाडौँ–ठगी मुद्दामा रेड नोटिस् जारी भई फरार रहेका सर्लाहीको जानकीनगरका कोमल राज उपाध्याय पक्राउ परेका छन् ।
शुक्रबार एनसिबि अबुदावीको समन्वयमा दुबई, यूएईमा पक्राउ परेका उनलाई नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।
उपाध्याय समेत संचालक रहेको यूएईस्थित दुबईमा आकर्षक तलब र सुविधा हुने भनी पीडितहरूलाई प्रलोभन देखाई भिजिट भिसा मार्फत नेपालबाट दुबई बोलाई रोजगारीको लागि भनी पीडितहरूबाट रकम लिएर कुनै पनि रोजगारीमा नलगाई ठगी गरेको आधारमा उपाध्यायलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ।
अन्य ५१ जना पीडितहरूले उनी विरूद्ध जाहेरी दरखास्त दिएका थिए ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगी सम्बन्धि कसूरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ बैशाख २७ गते रेड नोटिस् जारी भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।