
काठमाडाैँ- ‘खुकुरी रम’ उत्पादन गर्दै आइरहेको दि नेपाल डिष्ट्रिलरिजले प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ। कम्पनीले ३४.२३ प्रतिशत अल्कोहलको मात्रा भएको ४० यूपी सेगमेन्टको ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको हो।
हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्वीस्कीजस्तै हल्का फ्रुटी नोटको अनुभव हुने दि नेपाल डिष्ट्रिलरिजले जनाएको छ।
कुनै पनि मदिरा पिउँदा मात्र राम्रो नभएर पिइसकेपछि त्यसले दिने सुगन्ध अनि लामो अनुभव मुख्य गुण हुने र यस मदिराको प्रत्येक घुट्कीमा सुगन्ध पाइने कम्पनीले बताएको छ।
उपभोक्ताहरुको माग तथा उनीहरुको प्रिमियम मदिरातर्फको आकर्षणलाई ध्यानमा राख्दै नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले बताए।