
अ
+
अ
अ
-
काठमाडाैँ – ग्लोबल आइएमई बैंकले १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा यो योजना सार्वजनिक गरेको जनाएको छ।
यस विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन्।
बैंकले ग्राहकलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र बिना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ। ग्राहकले देशैभरका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन्।