
काठमाडाैँ – शिवम् सिमेन्टले प्राकृतिक प्रकोप प्रतिरोधि घर निर्माणको लागि जानकारीमूलक भिडियो बनाएको छ। भिडियोमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ।
भूकम्प र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप प्रतिरोधि घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्टजस्ता प्राविधिकको महत्व कति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने? जस्ता प्रश्नहरुको सरल भाषामा सल्लाह र सुझावहरू “शिवम् सन्देश”मा समेटिएका छन्।
शिवम्ले देशका विभिन्न शहरहरुमा विभिन्न क्रियाकलापहरु गरी शिवम् सन्देशको प्रचार–प्रसार गरेको छ। इटहरीबाट सुरु गरेको उक्त प्रचार–प्रसार कार्यक्रम इटहरी, जनकपुर, नारायणगढ, हेटौडा, वीरगञ्जलगायतका शहरहरुका प्रमोटरहरु राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण गरी शिवम् सन्देशबारे जानकारी तथा प्रचार–प्रसार गरेको कम्पनीले जानकारी दिएको हो।