दराजद्वारा उत्कृष्ट बिक्रेता सम्मानित

दराजद्वारा उत्कृष्ट बिक्रेता सम्मानित
+
-

काठमाडौँ – अनलाइन इ–कमर्स प्लेटफर्म दराजले आफ्ना उत्कृष्ट विक्रेताहरुलाई विशेष विधाका ट्रफी र आकर्षक उपहारहरु प्रदान गरेको छ।

बुधबार दराजले ललितपुरमा बिक्रेता सम्मेलनको कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा दराजका पदाधिकारी तथा बिक्रेताहरु सहभागी भएका थिए।

कार्यक्रममा विभिन्न श्रव्यदृश्य सामाग्रीहरु प्रस्तुत गरेर बिक्रेताहरुलाई बिक्री र व्यवस्थापनको बारेमा जानकारी पनि प्रदान गरिएको थियो। बिक्रेताहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अवार्ड समारोह राखिएको थियो। जहाँ गत वर्षका १४ उत्कृष्ट बिक्रेताहरुलाई विशेष विधाका ट्रफी र १० हजार रूपैयाँ बराबरको दराज भौचरका साथै आकर्षक उपहारहरु प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध विक्रेताहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्,’बिक्रेताहरु दराजका मेरुदण्ड हुन्। दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण बिक्रेताहरुमा आभार प्रकट गर्न चाहन्छु। दराज अहिले जहाँ छ, यो स्थानमा पुग्नमा तपाईंहरुको ठूलो हात छ र तपाईंहरु बिना यो सम्भव हुँदैन थियो।’

हालै सम्पन्न ११.११ सेलको सफलताको चर्चा गर्दै उनले थपिन्,’चाडपर्वको समयमा पर्ने हाम्रो ११.११ सेलमा बिक्रेताहरुले दिनुभएको साथको कारणले गर्दा हामी हरेक वर्ष अपेक्षा गरेभन्दा धेरै राम्रो गर्न सफल हुन्छौँ र यो भविष्यमा पनि कायम रहनेछ।’

सम्मेलनमा बोल्दै दराजका व्यवसाय निर्देशक प्रबिन रुक्शानले दराजले नेपालका साना तथा मझौला उद्योगहरुको विकासमा गरेको योगदानको बारेमा चर्चा गरे।

सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एशियाकै अग्रणी ईकमर्स प्लेटफर्म हो। हाल दराजका सेवाहरु नेपाल, बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरी ५ देशहरुमा उपलब्ध छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?