
काठमाडाैँ- हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी सेन्टरका ५० जना बढी बाल बालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ।
ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा ललितपुरको धापाखेल स्थित सेरेब्रल पत्सी सन्टरमा ५० जना बढी बाल बालिकालाई स्टेशनरी र अन्य सामग्रीहरु सेन्टरको माग अनुसार उपलब्ध गरएको थियो।
हुन्डाई नेपालले हुन्डाई मोटर कम्पनीको मोबिलिटी सँग सबैलाई जोड्ने उद्देश्यप्रति एक्यवद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ। मोबिलिटी सबैको आधारभतू आवश्यकता भन्ने मान्यता सहित कम्पनीले मस्तिस्क घात भएका बाल बालिकाहरुलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको जनाएको छ।
लक्ष्मी ग्रुप र यस अन्तर्गतका बिभिन्न संस्थाले यस अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरू आयोजना गरेका छन्।