
काठमाडौँ– बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका बेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउन सफल भएको बताएका छन्।
घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यसहित बसोबास नेपालले आयोजना गरेको ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला शनिबार काठमाडौँमा सम्पन्न भएको थियो।
मेलामा बसोबासलगायत अन्य ठूला डेभलपरका ११ वटा स्टलमा २५० भन्दा बढी प्रपर्टी प्रदर्शन गरिएको र समग्र स्टलहरूबाट मेलाको दिनमात्रै ५० करोड भन्दाबढिको कारोबार भएको आयोजकले जनाएको छ।
बसोबास नेपालका सेल्स म्यानेजर अंकित घिमिरेले पहिलो मेलामा पाएको सफलताले आगामी दिनमा मेलाको आयोजना गर्न हौसला मिलेको बताए।
यस्तै मेलालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले निजी कम्पनीले आफ्नै जोखिममा आयोजना गरेको मेलाले राम्रो उपलब्धि दिएको भन्दै यसले घरजग्गा कारोबार पनि एउटा इन्डस्ट्री हो भन्ने कुरा सावित गर्न सफल भएको बताए।