
पोखरा- गण्डकी प्रदेश सरकारले म्याग्दी जिल्लालाई अब हिमाली जिल्लाको सुचिमा राख्ने तयारि गरेको छ।
गण्डकी प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको रुपमा सुचिकृत गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय सँगै अन्य तिनवटा निर्णय समेत गरेको छ। पर्यटन मन्त्रालयले तयार पारेको होमस्टे कार्यविधिलाई बिधान समितिमा पठाउने, सामाजिक सेवा बिधेयक तर्जुमाका लागि सामाजिक बिकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरिएको सरकारका प्रबक्ता एबम भौतिक पूर्वाधार तथा यातायात मन्त्री राम शरण बस्नेतले जानकारी दिए।
गण्डकी प्रदेशका विभिन्न मन्त्रालय मातहतका कार्यालयहरु संचालनमा ल्याउने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ।जस अन्तर्गत एक सय दुइ वटा कार्यालय अब संचालनमा आउने छन्।
उद्योग ,पर्यटन ,बन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन कार्यालय सहित १८ वटा ,सामाजिक विकास मन्त्रालय अन्तर्गत ३१ ,भूमि व्यवस्था र सहकारी अन्तर्गत २४ ,भौतिक पूर्वाधार तथा यातायात अन्तर्गत २९ वटा कार्यालय सञ्चान हुने प्रवत्ता बस्नेतले जानाकारी दिए।