
काठमाडौँ – प्रहरीले फरक–फरक स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रकाउ गरेको छ।
काठमाडौँको डल्लुस्थित रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका २ ठूलो भर्याङ बस्ने सुरेन्द्र महर्जन सहित ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यस्तै, उता काभ्रेको पनौती नगरपालिका ४ मा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पनौती नगरपालिका ४ ठाडोबाटोस्थित लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने शान्त प्रसाद तिमिल्सिनासहित ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १६ हजार ७ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ। दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।