प्रजननसम्बन्धी समस्या समाधान प्रदान गर्ने ‘इन्दिरा आइभिएफ’ नेपालमा पनि

प्रजननसम्बन्धी समस्या समाधान प्रदान गर्ने ‘इन्दिरा आइभिएफ’ नेपालमा पनि
+
-

काठमाडौँ– भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्दै आइरहेको इन्दिरा आईभीएफले नेपालमा पनि आफ्नो केन्द्र खोलेको छ।

भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौंमा शनिबार एक कार्यक्रम गर्दै आफ्नो केन्द्र खोलेको हो।

इन्दिरा आईभीएफकाे नेपालकाे टिम

आईभीएफले नेपाली अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको जनाएको छ।बाँझोपनसँग लडिरहेका नेपाली परिवारहरूले सामना गरिरहेका गम्भीर आर्थिक तनावदेखि सामाजिक बहिष्करण, हिंसाका घटना र उचित मृत्युसंस्कार समेत प्राप्त नहुने जटिल चुनौतीलाई उजागर गर्ने आईभीएफले जनाएको छ।

आईभीएफले नेपालमा स्वास्थ्य सेवाको यात्रा सुरु गर्दै इन्दिरा आईभीएफ यस क्षेत्रलाई बलियो रूपमा जकडेको बाँझोपनका गम्भीर चुनौतीहरूको सामना गर्ने विश्वास लिएको जनाएको छ।

आईभीएफ नेपाल केन्द्रकि प्रमुख तथा आईभीएफ विशेषज्ञ डा.नेहा हुमागाई कार्यक्रममा बाेल्दै

बाँझोपनको भावनात्मक पक्ष यसै महङ्गो छ भने मार्मिक वास्तविकता यो पनि छ कि धेरै नेपाली दम्पतीहरू गुणस्तरीय उपचारको लागि भारत जान बाध्य भएको रउनीहरूको आर्थिक बोझ र व्यवधानहरू कम गराउन पनि नेपालमा इन्दिरा आईभीएफ खोलेको इन्दिरा आईभीएफ नेपाल केन्द्रकि प्रमुख तथा आईभीएफ विशेषज्ञ डा.नेहा हुमागाईले बताइन।

उनले भनिन ‘नेपालमा बाँझोपनको प्रभाव गहिरो हुन्छ। यसको असर गर्भधारण गर्न असक्षमताको स्थिती मात्र नभई त्योभन्दा धेरै टाढासम्म फैलिएको हुन्छ। सन्तानविहीन हुनुको असर पश्चिमी समाजको तुलनामा विकासोन्मुख राष्ट्रहरूमा बढी नै हुने गर्छ। नेपालमा स्वास्थ्य सेवाहरू उपलब्ध हुँदाहुँदै पनि ती मुख्यतया सहरी क्षेत्रका निजी अस्पतालहरूमा मात्र सीमित छन्। हाम्रो स्थायी मिशन भनेको बाँझोपनको बारेमा व्याप्त गलत धारणालाई सम्बोधन गर्नु हो।’

यस्तै उनले दम्पतिहरूलाई सही जानकारीको साथ सशक्त बनाउनु र विश्वस्तरीय उपचारका सुलभ विकल्पहरूमा पहुँच सुनिश्चित गर्ने बताएकी छन।उनले नेपालमा बाँझोपन बढ्दो चिन्ताको रूपमा रहेको छ जसलाई तत्काल ध्यानाकर्षणको आवश्यकता रहेको बताइन।

नेपालमा इन्दिरा आईभीएफको विस्तारले बाँझोपनको पहुँचयोग्य, किफायती र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य राखेको आईभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले  बताए।

इन्दिरा आईभीएफको स्थापना सन् २०११ मा उदयपुर, राजस्थानमा डा.अजय मुर्दियाद्वारा गरिएको थियो। नेपालमा यसको कार्यालय काठमाडौँको पानीपोखरिमा रहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?