
काठमाडाैँ- हुन्डाईको विद्युतीय गाडी खरिद गर्दा प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँसम्मको गो–ग्रिन बोनस पाइने भएको छ।
हुन्डाई अटोमोबाइल्सको नेपालका लागी आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर हुन्डाई न्यु इयर डिलाइट २०२४ नामक योजनामा यस्तो अफर ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकले पाँच लाख रुपैयाँसम्मको नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँसम्मको गो–ग्रिन बोनसका साथै गाडीको मोडल इयरका आधारमा पाँच लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
योजनामा ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ ।
हुन्डाईका सबै मोडलका जैविक इन्धनले चल्ने गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र विद्युतीय गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ ।
यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा विद्युतीय गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले जनाएको छ।
यो ग्राहकमुखी योजना देशका सबै सोरुमबाट प्राप्त गर्न सकिने छ।