फोटोनको हाइ रुफ ईभी इलेक्ट्रिक भ्यान नेपाली बजारमा

फोटोनको हाइ रुफ ईभी इलेक्ट्रिक भ्यान नेपाली बजारमा
+
-

काठमाडाैँ – फोटोनको हाइ रुफ ईभी इलेक्ट्रिक भ्यान नेपालमा सार्वजनिक भएको छ। हालै एक कार्यक्रम गर्दै उक्त भ्यान सार्वजनिक भएको हो।

५७ लाख रुपैयाँको फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुविधा प्रदान गर्ने कम्पनिले जनाएको छ। फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किमि वा ५ वर्षको वारेन्टी प्रदान गर्नेछ।

भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी र ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले बताए।

उनले भने ,’फोटोन हाई रुफ ईभी भ्यान यस सेग्मेन्टअन्तर्गत, यसको उन्नत प्रविधिको लागि मात्र नभई यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामको सुनिश्चितताका लागि पनि विशिष्ट रहेको छ। यसको कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न पनि सघाउँछ। भ्यानलाई नेपालको मालिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको छ।’

यस्तै, एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाले फोटोन निर्माता मात्र नभई नयाँ प्रविधिसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट रहेको बताए।

उनले भने ,’फोटोनले नेपाल भरका ईभी चार्जिङ स्टेशनहरूमा सक्रिय रूपमा लगानी गरिरहेको छ। नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?