दुई दिनदेखि मेची राजमार्गमा यातायात सेवा प्रभावित

दुई दिनदेखि मेची राजमार्गमा यातायात सेवा प्रभावित
+
-

झापा- प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण दुई दिनदेखि मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।

संघर्ष समितिले बुलेट किराती (अन्जेश राई) को रिहाइको माग गर्दै बुधबार र बिहीबार मेची राजमार्ग बन्दको आह्वान गरेको हो।

संघर्ष समितिले आह्वान गरेको मेची राजमार्ग बन्दका कारण झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन्।

निजी तथा साना सवारीहरू सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

आन्दोलनकारीहरू सडकमा निस्किएर टायर बालेर सवारीसाधन बन्द गराउँदै हिँडेका छन्। सवारीसाधन नचल्दा यात्रुहरू प्रभावित बनेका छन्।

किरातीलाई गत पुष १ गते संघर्ष समितिले आह्वान गरेको यातायात बन्दका क्रममा इलामको मेची राजमार्ग खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

मेची राजमार्गको झापा खण्डमा भने स्थिति सामान्य रहेको झापा-इलाम सिमाना जोरकलशबाट भने प्रहरीको स्कर्टिङमा सवारी साधन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?