
अ
+
अ
अ
-
काठमाडाैँ – ग्लोबल आइएमई बैंकले बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ।
बैंकको स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेका हुन्।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए।
उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरुको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै लक्ष्य प्राप्तिभन्दा मेहनत र लगनशिलतामा जोड दिन आम कर्मचारीहरुलाई आग्रह गरे।