
काठमाडाैँ – प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारले भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुऱ्याउन नसक्दा आफूले राजीनामा दिएको बताएका छन्।
गजुरेलले गएको मंसिर २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए। राजीनामा दिएको एक महिनापछि बिहीबार गजुरेलको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
‘…जनअपेक्षा पूरा गर्ने वातावरण नभएको वर्तमान अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने भएकाले आजकै मितिदेखि मुख्य सल्लाहकारको जिम्मेवारीबाट अलग रहने निर्णय लिएको छ,’ उनले भनेका छन्।
यस्तो छ राजीनामा पत्रः