
काठमाडाैँ- पत्रकार दिपा दाहालले लेखेको पुस्तक ‘कोभिड नसोचेको-नभोगेको सङ्कट’ विमोचन गरिएको छ। काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमबीच नेत्र विशेषज्ञ डा.सन्दुक रूइत, डा.अनुप सुवेदी, डा.अर्जुन कार्की र गणेश बस्नेत लगायतले पुस्तक ‘कोभिड नसोचेको–नभोगेको सङ्कट’ विमोचन गरेका हुन्।
दाहालले कोभिडको संकटको बेला गरेको अनुभव सुनाउँदै भनिन्,’आफूले विभिन्न संकट हुँदा जोखिमपूर्ण रिपोर्टिङ गर्न पाएँ। लकडाउनको पहिलो दिन बाहिर जाँदा खुट्टासमेत कामे, सडकमा आफूलाई कमजोर ठान्दा हस्पिटलको त्यो जोखिम देखेर आफ्नो मनलाई बलियो बनाए। कोरोना संक्रमितलाई उपचारको सहज गराउन अस्पताल लग्दिन्थे तर भोलिपल्ट मृत्यु भएको सुन्नुपर्दा मन खिन्न हुन्थ्यो।’

पुस्तक ‘कोभिड नसोचेको-नभोगेको सङ्कट’की लेखक पत्रकार दिपा दाहाल
दाहालले कोरोनाको बेला सबैको स्वार्थ जोडिएकाे र सरकार चुकेको बताइन्। उनले नेत्र विशेषज्ञ डा.सन्दुक रूइतले किताब लेख्न भनेको र डा.अनुप सुबेदीले विशेषज्ञको रूपमा सहयोग गरेको बताइन्। दाहालले बारबरा फाउन्डेसन र आफूले काम गरेका मिडियालाई धन्यवादसमेत दिइन्।
कार्यक्रममा डा.अनुप सुवेदीले किताबको प्रशंसा गर्दै भने ,’यस्तो किताब निकाल्दा त ऐतिहासिक हुन्छ निकालौँ भनेर दिपालाई भनेँ।’
उनले बिभिन्न संकट हुँदा राज्य जनउत्तरदाइ हुनपर्ने बताए। उनले काभिड आउँदा हाम्रो स्वास्थ्य प्रणाली कस्तो हुनपर्छ भन्ने कुरा थाहा भएकाे बताए।
यस्तै कार्यक्रममा अर्जुन कार्कीले डा.रूइतले भनेपछि किताब पढेको बताए। देश कोरोनाको समयमा कति लथालिङ्ग रहेछ भन्ने कुरा यो पुस्तकमा पाउन सकिने कार्कीकाे भनाई छ।
कार्कीले महामारी आउँदा खेरी विकसित देशहरु पनि स्वास्थ्य क्षेत्रमा खस्केको बताए। उनले पुस्तकमा लेखिएको केहि कुरा सम्झिदै भने ,’एक जनाको कोभिड लागेको बेला अस्पतालमा बेड नपाउँदा अस्पताल धाउँदा धाउँदा एम्बुलेन्समै मृत्यु भएको भयो,भारतको हिमाचल प्रदेशमा काम गर्ने इन्द्र प्रसाद खत्रीको कोभिडले रोजगार बन्द भएर हिनेर दार्चुला आएको र चेकजाँचमा नेपाल आउन नपाउँदा महाकाली नदिमा हाम फालेर नेपाल आएको,त्यसपछि प्रहरीले नियम तोडेर किन आएको भन्दा देशमै मर्छु भनेर आएको कुरा पुस्तकमा भएको बताए।
डा.कार्कीले किताबको भूमिका बाँध्दै भने कोभिडको समयमा राज्यमा जिम्मेवारीपना नहुँदा देश लथालिङ्ग भयो,अल्पकालीन हैन दीर्घकालीन सोच्नुपर्छ भन्ने कुरा किताबमा पाइने बताए। उनले देशमा कडा भाइरस लागेको र यसको यन्टिभाइरस नभेटिएको बताए।