पार्टीले पाएको सभामुख पद फिर्ता हुँदैनःभक्तिप्रसाद सिटौला

पार्टीले पाएको सभामुख पद फिर्ता हुँदैनःभक्तिप्रसाद सिटौला
+
-

झापा – राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुख पद फिर्ता नहुने बताएका छन्।

मंगलबार राप्रपाका नेता तथा प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्ट कोशी प्रदेशको सभामुख पदमा निर्विरोध निर्वाचित भएपछि पार्टीको केन्द्रीय निर्देशन समितिले विज्ञप्ति जारी गरेर सभामुख पद फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिलाई निर्देशन दिएपछि संसदीय दलका नेता सिटौलाको यो पछिल्लो भनाइ आएको हो।

बिष्ट सत्ता गठबन्धनका दल तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको सभामुख पदमा निर्वाचित भएका हुन् ।

सिटौलाले पार्टीले केन्द्रीय नेतृत्वले बेलैमा यस्तो किसिमको जानकारी नगराएकाले प्रदेशमा सभामुख लिने कामलाई अगाडि बढाइएको देशसञ्चारलाई बताए।

उनले भने, ‘सभामुख निर्वाचित भएर शपथ पनि भइसकेको अवस्थामा सभामुखज्यू फिर्ता हुने कुरा आउँदैन।’

उनले पार्टीको केन्द्रीय निर्देशन समितिको निर्देशनका बारेमा कुरा गर्ने बताए। प्रतिपक्षी दललाई सभामुख दिने अन्तर्राष्ट्रिय अभ्यास रहेकाले राप्रपाले सभामुख दाबी गरेको उनको भनाइ छ।

सिटौलाले भने, ‘सभामुख पद लिनु भनेको सरकारमा जानु होइन । सभामुख प्रदेश सभाको सर्वोच्च पद हो । सरकार र संसद त छुट्टै कुरा हो नि।’

सभामुख पद लिँदा पार्टीले आगामी दिनमा गर्ने आन्दोलनमा असर नगर्ने उनले बताए।

उनले भने, ‘आज केन्द्रीय निर्देशन समितिबाट विज्ञप्ति जारी भयो । यो बारेमा पार्टीमा बुझ्छौं ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?