
अ
+
अ
अ
-
काठमाडाैँ- सेकेण्डरी मार्केटमा नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज प्रालि सञ्चालनमा आएको छ ।
सोमबारदेखि बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको हो।
बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हाे। लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै शेयर कारोवारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी बिस करोड रहेको कम्पनीले जनाएको छ।
कम्पनीले नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाएको छ।