पुस २९ गते मनाइने राष्ट्रिय भाक्का दिवसको तयारी पूरा

पुस २९ गते मनाइने राष्ट्रिय भाक्का दिवसको तयारी पूरा
+
-

झापा – पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको विगत झैं यही पुस २९ गते मनाइने भएको छ ।

आयोजकले भाक्का दिवसको तयारी पूरा भएको जनाएको छ । आयोजक राजवंशी समाज विकास समितिले आयोजनास्थलमा पत्रकार सम्मेलन गरेर सातौँ राष्ट्रिय भाक्का दिवसको तयारीबारे जानकारी दिएको हो ।

झापाको बिर्तामोडमा पुस २९ गते हुँदै आएको लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस यसपाली बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

समितिका अध्यक्ष अभय राजवंशीका अनुसार कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भाक्का दिवसमा सहभागी हुने भएका छन् ।

लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाइँदै आएको अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

भाक्का दिवस सुरु भएपछि तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए ।

यो वर्ष भाक्का दिवसमा १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन् ।

कार्यक्रममा प्रस्तुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आउने पक्का भएको छ ।

पश्चिम बंगालको अलिपुरद्वारकी उनी सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरको तेस्रो हुन् ।

कार्यक्रममा पाँच सयजना कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?