सिविफिनको नयाँ अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल

सिविफिनको नयाँ अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल
+
-

काठमाडाैँ – बैंक तथा वित्तीय संस्था परिसंघ सिविफिनको नयाँ अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई सर्वसम्मत चयन भएका छन्।

पूर्वअध्यक्ष पवन गोल्याणले पदबाट राजीनामा दिएपछि परिसंघको कार्यसमिति बैठकले सिविफिनको कार्यसमिति सदस्यसमेत रहेका पौडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। गोल्याणको राजीनामा बुधबार सम्पन्न परिसंघको कार्यसमिति बैठकले स्वीकृत गरेको हो।

एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित गोल्याणले परिसंघको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा राजीनामा दिएका बताएका छन्।

उनकै अगुवाईमा २०७६ सालमा यो संस्था स्थापना भई संस्थापक अध्यक्ष भएका थिए। गोल्याणको चारवर्षे कार्यकालमा सिविफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको बताएका छन्।

सिविफिनले आर्थिक एवं बैंकिङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्री पदकबाट समेत विभूषित भएको थियो।

पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन्। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निर्वाह गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?