
काठमाडाैँ – पञ्चकन्या माई हाइड्रोपावरले कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरेको छ।
हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभामा यी कार्यक्रम प्रस्तुत गरेको हो। साधारणसभा हाइड्रोपावरका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा हालै ललितपुरको कोपुण्डोलमा सम्पन्न भएको हो।
उक्त सभामा संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ।
सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेको थियो । जसमा सर्वसाधारण शेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित गरी नयाँ कार्य समितिको गठन भएको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका सञ्चालक र शेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा शेयर सदस्यबीच गहन अन्तक्रियासमेत भएको थियो।