
काठमाडौँ – एनसेलमा अब ५० वा सोभन्दा माथिको रिचाज गर्दा १००० एमबीसम्मको बोनस डेटा पाइने भएकाे छ।
‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत एनसेललेका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटा पाउने भएका हुन्।
एनसेलले गत मंगलबार (पुष २४)देखि नै लागू हुने गरी यो अफर ल्याएको जनाएको छ। यस अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ।
बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ। एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुने एनसेलले जनाएको छ।
यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा ल्याइएको थियो।