
अ
+
अ
अ
-
काठमाडाैँ – लुम्बिनी विकास बैंकले आफ्ना शेयरधनीलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
बैंकले बिहीबार १६ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०८०/८१ को लागि शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो।