पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु १२ जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट तल राप्ती नदीमा खस्दा दुर्घटना भएको थियो। यस्तै शनिबार दिउसो काठमाडौँको चन्द्रागीरीमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
000
नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ। शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निणर्य गरेको हो।
000
नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ। प्राधिकरणको शेयरको प्रतिकित्ता किताबी मूल्य करिब एक सय २५ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी शेयर निष्कासनको प्रस्ताव गरिएको छ। यस हिसाबले प्राधिकरणको शेयर किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता रु दुई सय ५० खर्च गर्नुपर्नेछ।
000
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनुपर्ने प्रस्ताव गरेका छन्। शनिवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्दै मन्त्रालय बढाउनु भन्दा घटाउनुपर्ने बताएका हुन।
000
प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन्। शनिवार पार्टी केन्द्रीय कार्यालयमा बोल्दै उनले विगतमा भन्दा बढि आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताएका हुन।
000
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्। सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी रहेको छ।
000
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो। निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन्।
000
सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा पछिल्ला तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गर्दा नौ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
000
भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ। यसअघि केन्द्रले पुसमा एकैपटक दुई जना बिरामीको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो। केन्द्र स्थापनादेखि अहिलेसम्म एक हजार दुई सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिएको निर्देशक डा. श्रेष्ठले जानकारी दिए।
000
र प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै मधेस प्रदेशले विजयी सुरुवात गरेको छ। शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोशीले दिएको १ सय २८ रनको लक्ष्य मधेसले विजयी सुरुवात गरेको हो। यस्तै विभागीय क्लब नेपाल पुलिस र लुम्बिनी प्रदेशले पनि विजयी सुरुवात गरेका छन्।