नेपालकै तरुलले धान्छ माघेसंक्रान्तिको माग

नेपालकै तरुलले धान्छ माघेसंक्रान्तिको माग
+
-

माघे संक्रान्तिका दिन यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ। यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो।

यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ। नेपाली उखानै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात पुसमा पकाएर माघमा खाने भएर यस्तो भनिएको हो।

तरुल कसरी खाने?

तरुल कसैले स्वादको लागि खान्छन् भने कसैले पेट भर्नको लागि।

पोषणविद् डाक्टर नम्रता पाण्डे आलु, तरुल, पिडालु र शखरखण्ड जस्ता कन्दमूल खानेकुरामा कार्बोहाइड्रेट बढी हुने हुनाले दैनिक ५ सय ग्राम भन्दा कम खान आग्रह गर्छिन्।

दैनिक खेतबारीमा काम गर्ने मान्छेलाई अलि बढी खाँदा पनि पाच्य हुने र नर्मल हिँड्डुल गर्ने मान्छेले बढी खाँदा नपच्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘बालबालिकाको बढ्दो उमेर भएकाले तरुल र शखरखण्ड खाँदा प्रोटिन, कार्बोहाइड्रे्ट, आइरन र सुगरको मात्रा पाउन सक्छन्। तर ४० वर्ष भन्दा माथिका मानिसले दिनमा ३,४ पिस भन्दा बढी खानु हुँदैन। यो खानेकुरा तौल बढाउने र सुगरको मात्रा बढाउने भएकाले कम खानु पर्छ।’

अझ रोग लागेको मान्छेले दिनमा १०० ग्रामभन्दा बढी तरुल खान नहुने उनले बताइन्। यद्यपि चिसो मौसम भएकाले शरीरलाई उर्जा र न्यानोपन दिनका लागि तरुल खानु राम्रो हुने उनले बताइन्।

उनले जुन सिजनमा जे उपलब्ध छ, त्यसै अनुसार संस्कृति र चाडपर्व बनेको पनि बताइन्।

बजारमा उपलब्धताको हिसाबले सस्तो र चिसो मौसममा तरुल र शखरखण्ड अलि धेरै पाउने भएकाले पनि यी खानेकुरा खाने चलन बसेको उनले बताइन्।

काठमाडौँको मुख्य तरकारी बजार कालिमाटीमा अघिल्लो वर्ष भन्दा यो वर्ष तरुल बढी आएको सूचना अधिकारी विनय श्रेष्ठले बताए। यो वर्ष तरुल मात्रै १६ सय १३ टन आएकोमध्ये पुस महिनामा मात्रै १४ सय टन आएको उनले जानकारी दिए। अघिल्लो वर्षको पुस महिनामा १३ सय ३० टन तरुल आएको थियो। सबैभन्दा धेरै तरुल सर्लाही र सुनसरीबाट आएको छ। नेपालकै तरुलले माघेसंक्रान्तिकव माग धानेको छ।

त्यसैगरी राजधानी नजिकका जिल्लाहरू धादिङ, नुवाकोट, मकवानपुर र चितवनबाट पनि तरुल आएको छ। भारतबाट ८% तरुल आएको उनले बताए। यस्तै शखरखण्ड यो वर्ष ५ सय ८१ टन र पुस महिनामा मात्रै २ सय ७५ टन, पिँडालु यो वर्ष ४ सय ५३ र पुस महिनामा १ सय १६ टन आएको उनले बताए।

यो वर्ष शखरखण्ड भारतबाट आधा परिणाममा आएको उनले बताए। आइतबार तरुल औसतमा ६५ रुपैयाँ किलो र शखरखण्ड औसतमा ७५ रुपैयाँ किलो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?