
झापा– झापाको कनकाई मेलामा मेला ठेक्का लिनेहरूले पार्किङ करको नाममा ठगी गरेका छन्। सम्बन्धित पालिकाहरु कनकाई र शिवसताक्षी नगरपालिकाले कनकाई माई मेलाका लागि तोकेको दररेट भन्दा मेला संचालकहरुले दोब्बररतेब्बरबढी रकम असुलेका हुन्।
कनकाई नगरपालिकाले कनकाई मेलामा पार्किङ गर्नेहरुका लागि साइकल पार्किङ शुल्क रु २०, मोटरसाइकल पार्किङ शुल्क रु ५०, कार, जिप, भेन साना सवारीसाधन पार्किङ शुल्क रु १०० र ठूला सवारी बस, ट्रकसमेतका लागि पार्किङ शुल्क रु २०० दररेट कायम गरेर मेला संचालकलाई संचालनको अनुमति दिएको थियो।
तर, मेला संचालकले नगरपालिकाले तोकेको दररेटभन्दा दोब्बररतेब्बरबढी रकम असुलेका छन्। नगरपालिकाले स्कुटर र मोटरसाइकलको लागि ५० रुपैयाँ पार्किङ शुल्क तोकेकोमा मेला संचालकले १०० रुपैयाँ असुलेका छन् भने कार, जिप, भेन , छोटाहात्तीका लागि १०० रुपैयाँ तोकिएकोमा त्यसको तेब्बर ३०० रुपैयाँ शुल्क उठाएका छन्।