
झापा – झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेसिन विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।
स्कुलले आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेसिनबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन्।
उनलाई उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए।
वडाध्यक्ष खरेलका अनुसार घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ।
विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ। विस्फोटमा अन्य एक जना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको बताइएको छ।