सेयरधनीलाई ५ प्रतिशत लाभांश दिँदै बुटवल पावर कम्पनी

सेयरधनीलाई ५ प्रतिशत लाभांश दिँदै बुटवल पावर कम्पनी
+
-

काठमाडाैँ – बुटवल पावर कम्पनीले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

हालै सम्पन्न भएको कम्पनीको ३१औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने  भएको हो।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीको प्रतिशेयर रु १०० दरका १ करोड कित्ता शेयरहरु प्रचलित ऐन नियम बमोजिम प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन गर्ने र सो प्रयोजनका लागि कम्पनीको हालको जारी पूँजी रु. ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६सयलाई वृद्धि गरी रु. ४ अर्व ४० करोड ९० लाख ६४ हजार ६ सय पुर्‍याउने विशेष प्रस्तावसमेत पारित गरेको जानकारी दिएको छ।

कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भइरहेका छन्। साथै सहायक तथा सम्बद्ध कम्पनीहरुमार्फत सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्चालन सुचारु रुपमा हुँदै आएको छ ।

खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत प्राधिकरणमा गएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?