फागुनमा हुने आन्दोलनले अन्य दलका नेता कि सच्चिन्छन् कि सक्किन्छन्ः लिङ्देन

फागुनमा हुने आन्दोलनले अन्य दलका नेता कि सच्चिन्छन् कि सक्किन्छन्ः लिङ्देन
+
-

झापा – पार्टीले आगामी फागुन महिनामा गर्ने काठमाडौँ केन्द्रित आन्दोलनका लागि तयारी अवस्थामा रहन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टीद्वारा झापाको बिर्तामोडमा शनिबार आयोजित विस्तारित भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले फागुन महिनामा गरिने काठमाडौँ केन्द्रित आन्दोलनले अन्य दल तथा दलका नेतालाई घुँडा टेकाएरै छाड्ने दाबी गरे।

उनले उक्त आन्दोलनलाई निर्णयमा पुर्‍याएर मात्र टुंग्याउने बताए। लिङ्देनले भने, ‘देशका प्रत्येक नागरिकले खोजेको परिवर्तन हामीले उठाउनुपर्छ। हाम्रो आन्दोलनले नागरिकको आवाज बोक्छ। १०/२० हजार मान्छे मात्र भए भने हाम्रो पार्टीको प्रचार भो भनौंला। तर, लाखौं मान्छेले काठमाडौँ घेरे भने के सरकारले हामीलाई गोली हान्छ?’

पार्टीले गर्ने आन्दोलनले अन्य पार्टीहरूलाई कि सच्याउने कि सिध्याउने उनको दाबी थियो। पार्टीभित्र पहिला नेतृत्वमा बसेर असफल भइसकेका व्यक्तिहरूसमेत रहेकाले कहिलेकाहिँ वातावरण खल्बल्याउने प्रयास हुने गरेको उनको भनाइ थियो।

तर अहिले राप्रपाको सवारी चलाइरहेको चालकले सफलतापूर्वक गन्तव्यमा पुर्‍याउने र अहिलेको चालकलाई विश्वास गर्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई सम्झाए।

कोशी प्रदेशको सभामुख पद लिएको विषयमा पार्टीमा तथा जनतामाझ भ्रम छर्ने काम भएको उनले बताए। राप्रपाले सभामुख नलिँदा प्रदेश खारेज हुने भए तत्काल सभामुख तथा प्रदेश सभा सदस्यहरूले राजीनामा दिएर मैदानमा उत्रिने राप्रपा अध्यक्ष लिङ्देनले बताए।

उनले भने, ‘सभामुख नलिँदा तत्काल प्रदेश खारेज हुने होइन होला। हुने भएछ सभामुख मात्र होइन, प्रदेशका सांसदले पनि राजीनामा दिन्छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?