
झापा- झापाको अर्जुनधारा नगरपालिका- ६ स्थित महानन्द चोक पश्चिम ब्याडमिण्टन कभर्डहल बाहिर एक महिलाको शव फेला परेको छ।
मृत्यु हुनेमा ५० वर्षीया माया कार्की मगर रहेको इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए।
साेमबार बिहान ब्याडमिन्टन खेल्न आउनेहरूले ती महिलाको शव देखेर प्रहरीलाई खबर गरेका थिए।
महिलाको टाउकोमा चोट देखिएको छ। मृतकको माइतीको ठेगाना इलामको माई नगरपालिका- १ रहेको र अस्थायी रूपमा उनी आफन्तसँग बिर्तामोड बस्दै आएको पाइएको डिएसपी कार्कीले बताए।
मृतकको शव शंकास्पद देखिएपछि कुकुर मगाएर अनुसन्धान थालिएको उनले जानकारी दिए।
मृतकका हालका श्रीमान रामबहादुर मगर भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनी हालसम्म सम्पर्कमा आएका छैनन्।
मगर मृतकका तेस्रो श्रीमान भएको प्रहरीले बताएको छ। ती महिला मदिरा सेवन गरेर हिँड्ने गरेको बताइएको छ।
आफैं लडेर टाउकोमा चोट लागेको वा कसैले हत्या गरेकाे भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।