
काठमाडौँ– सिटिजन्स बैंकले एक मध्यमिक विद्यालय र एक सेवाश्रमलाई सहयोग प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ८ लमजुङमा अवस्थित श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री प्रदान गरेको हो।
बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका र शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको जनाएको छ।
विद्यालय र सेवाश्रममा बिहीबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन।
बैंकका देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहेका छन।