
काठमाडौँ–मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन्। त्यस्तै मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने छन्
बिहिबार मनकामना दर्शन प्राली र मेरिना इम्पेक्स बीच भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा केवलकारका ग्राहकले जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने भएका हुन् ।
सम्झौता अनुसार मेरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरुले मनकामना दर्शन प्रालीले उपलब्ध गराउने कुपन पेस गर्नु पर्नेछ। त्यस्तै मनकामना केवुलकारको टिकटमा छुट पाउनको लागी मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरुलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउने छ। उक्त कुपनका आधारमा मनकामना केवलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरुलाई दश प्रतिसत छुट दिनेछ ।